कलैया : नयाँ आर्थिक बर्ष शुरु भएको दुई महिनाभन्दा बढि वितिसकेपनि बाराका दुई वटा पालिकाहरुले अझै खाता संचालन गर्न गरेका छैनन ।
बाराका १६ वटा पालिकाहरु मध्ये १४ वटा पालिकाले खाता संचालन गरेको भएपनि २ वटा पालिकाले अझै खाता संचालनमा ल्याउन सकेका छैनन् । यसरी असोज अझैपनि खाता संचालनमा ल्याउन नसक्नेमा निजगढ नगरपालिका र बारागढी गाउँपालिका रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका सूचना अधिकारी राहुल जयसवालले जानकारी गराएका छन ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा यी दुईतोडफोड र आगजनी भएकाले प्रक्रिया प्रभावित भएको बुझिएको छ । स्थानीय तहहरूले यथाशीघ्र प्रक्रिया पूरा गरी खाता सञ्चालन गर्नुपर्ने स्थानीयहरुको माग छ ।
अहिले नेपालीहरूको महान् चाड वडादशै, दिपावली, तथा छठपर्व नजिकिँदै गर्दा पालिकाको खाता संचालन नहुदा पालिकाहरुमा कार्यरत कर्मचारीलाई तलब,भत्ता, वितरणमा समस्या हुने देखिएको छ । योसंगै खाता सञ्चालन नहुदा पालिकाहरुको विभिन्न योजना कार्यान्वयमा समेत ढिलाइले स्थानीयहरुले गुनासो गरेका छन ।
यसैगरी छिमेकी जिल्ला पर्सामा पनि ६ वटा पालिकाहरुको पनि अझै खाता संचालमा आउन सकेको छैन । पर्सा १४ वटा पालिकारुले मात्र अहिलसम्म खाता संचालन गरेका छन । पर्साका खाता संचालन गरेका ८ पालिकाले बजेट निकासा लिएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख मनोजकुमार जोशीले बताएका छन ।
प्रमुख जोशीका अनुसार बहुदरमाई नगरपालिका, विन्दवासिनी गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका, पकहाँ मैनपुर गाउँपालिका, धोबिनी गाउँपालिका र जिराभवानी गाउँपालिकाले खाता संचालन नगरेको जानकारी गराए । अर्को दुखदायी कुरा त पर्साका तीन वटा पालिकाहरुले अझै गाउँ सभा नै भएको छैन । जसमा विन्दावासीनी, पकहा मैनपुर र धोविनी गाउँपालिकाले गाउँसभा नै गरेका छैनन् ।

