बारामा पाँच लाख भन्दा बढीको अवैध सामान बरामद

साझेदारी दैनिक
339 पाठक संख्या

कलैया । बारामा सशस्त्र प्रहरीले पाँच लाख ५० हजार तीन सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छलि नेपाल भित्राइएको सो सामान सशस्त्रले बरामद गरेको हो।

बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा सीमा ईलाकामा ६७ हजार रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाबाट सशस्त्र प्रहरी बरिष्ट हवल्दार चक्रबहादुर साउदको कमाण्डमा खटिएको टोलीले किराना सामान बरामद गरेको हो।

त्यस्तै सिम्रौनगढ नगरपालिका वडा नं. ०७ कवलपुर गाउँस्थित सीमा ईलाकामा मकैको विऊ बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक नविन अधिकारीको कमाण्डमा खटिएको टोलीले भारतवाट अबैध रुपमा १ जना व्यातिले मोटरसाइकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजि मुल्य २४ हजार बराबरको मकैको बिउ र मोटरसाइकलको अन्दाजी एक लाख गरी एक लाख २४ हजार बराबरको मोटरसाइकल र सामान बरामद गरेको हो।

त्यसैगरी पचरौता नगरपालिका-३ रामनगर स्थित बिओपी बेनौलिवाट सशस्त्र प्रहरी नायब निरीक्षक श्यामानन्द चमारको कमाण्डमा खटिएको टोलीले मैदा बरामद गरेको छ। भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ मोटरसाइकलमा राखि ल्याउदै गरेको अन्दाजि मुल्य रु.१० हजार ५ सय रुपैयाँ बराबरको ३ बोरा मैदाँ र मोटरसाइकलको अन्दाजि मुल्य रु. १ लाख ९५ हजार रुपैयाँ गरी जम्मा अन्दाजि मुल्य रु. २ लाख ५ हजार ५ सय बराबरको मैदा बरामद गरेको जनाइएको छ।

बिश्रामपुर गाउँपालिका – १ बहेरी खोला नजिक एफ.ओ.बि.छतवाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक शिबहरि खत्रिको गस्ती टोलीले अबैध रुपमा भन्सार छली एक जना ब्यक्तिले टाउकोमा बोकी भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी एक लाख ५३ हजार आठ सय बराबरको कपडाहरु सोहि स्थानमा छाडि ब्यक्ति फरार भएका थियो ।

बरामद सबै सामानहरू भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर के.सी.ले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds