रौतहटको एक अस्पतालको होस्टेलको बाथरुममा एक छात्रा मृत फेला

साझेदारी दैनिक
338 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ रौतहटमा नर्सिङ पढ्ने एक जना छात्रा छात्रावासको बाथरुममा मृत फेला परेकी छन्।

जिल्लाको माधवनारायण नगरपालिका -३ स्थित रहेको गजेन्द्र नारायण स्मृति अस्पतालको होस्टेलको बाथरुममा बाराको विश्रामपुर घर भएकी १८ वर्षीया छात्रा सुमन कुमारी बैठा आज बिहान मृत अवस्थामा फेला परेकी छन्।

गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी पहिलो वर्षमा अध्ययनरत छात्रा सुमन कुमारी छात्रावासको बाथरुममा पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डिएसपी दीपक कुमार रायले जानकारी दिएका छन्।

घटना सम्बन्धमा आवस्यक अनुसन्धान भईरहेको र अनुसन्धानपछि मात्र सुमन आफैले पासो लगाएको हो कि अरूले झुन्ड्याएको भन्ने कुरा खुल्ने डिएसपी रायले बताए ।

Leave a review

This will close in 0 seconds