बारागढी गाउँपालिका -६ का वडा अध्यक्ष निरज साह तेलीको निधन

साझेदारी दैनिक
414 पाठक संख्या

कलैया । बाराको बारागढी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ४६ वर्षीय निरज साह तेलीको निधन भएको छ ।

वडा अध्यक्ष तेलीको उपचारको क्रममा वीरगन्ज नेसनल मेडिकल कलेजमा गए राति निधन भएको हो ।

परिवारिक श्रोतका अनुसार उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित भएका थिए ।

उनी बारागढी गाउँपालिका-६ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

Leave a review

This will close in 0 seconds