बकैया नागमणी सामुदायिक वनको अध्यक्षमा ढुङ्गाना

रञ्जन यादव
372 पाठक संख्या

बारा : बाराको निजगढस्थित बकैया नागमणी सामुदायिक वनको नयाँ कार्यसमिति चयन भएको छ । निजगढ नगरपालिका वडा नम्बर ८ मा रहेको उपभोक्ता समूहको १६ औँ बार्षिक साधारणसभा सम्पन्न शनिवार भएसँगै नयाँ कार्यसमिति तथा लेखा समिति सर्वसम्मत रूपमा चयन भएको हो ।

साधारणसभाको निर्णयअनुसार अध्यक्षमा शालिकराम ढुंगानाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको समाजसेवी तथा उपभोक्ता रबिराज दंगालले जानकारी दिएका छन । नवगठित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी गौतम, सचिवमा शारदा कुमारी राउत, कोषाध्यक्षमा कृष्ण प्रसाद खरेल, सह–सचिवमा सजना उप्रेती चयन भएका छन ।

त्यसैगरी समितिको सदस्यहरूमा अन्तरी लामा, पवित्रा कुमारी चौलागाँई, मिरा कुवर, दिनेश न्यौपाने, प्रकाश श्रेष्ठ, समिता बोगटी, चित्रकुमार लामा र मोजहर मंसुर चयन हुनुभएको छ।

समितिको लेखा समितिको संयोजकमा कमल सुवार चयन हुनुभएको छ भने सदस्यहरूमा नरनाथ गौतम र कमला लामा रहनुभएको छ। नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिले सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन र उपभोक्ताको हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।

नयाँ नेतृत्वले वन संरक्षणसँगै स्थानीय विकास, वातावरणीय सन्तुलन र उपभोक्ताबीच सहकार्य अभिवृद्धि गर्ने लक्ष्यसहित काम अघि बढाउने अपेक्षा गरिएको छ।

Leave a review

This will close in 0 seconds