झूटो मुद्दामा फसाइएको युवाहरूको रिहाईको माग गर्दै आर्दशकोतवालमा युवाहरुले गरे टायर बालेर प्रर्दशन

साझेदारी दैनिक
353 पाठक संख्या

कलैया । झूटो मुद्दामा फसाइएको दुई युवाहरूको रिहाईको माग गर्दै बाराको आदर्श कोतवाल गाउँपालिकामा आईतबार युवाहरुले प्रर्दशन गरेका छन ।

भ्रष्टाचार र अनियमितताविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दै आएका स्थानीय युवा अभियन्ताहरू प्रदीप कुशवाहा र डिके सिंह (दिवेश सिंह) माथि आगजनी सम्बन्धी झूटो मुद्दा लगाएर फसाइएको भन्दै आक्रोशित स्थानीय युवाहरूले गाउँपालकामा अगाडी टायर बालेर प्रर्दशन गरेका हुन ।

युवाहरु कुशवाहा र सिंहलाई स्थानीय इलाका प्रहरीले वार्ताको नाममा बोलाएर झुटो मुद्दामा नियन्त्रणमा लिएपछि स्थानीयहरु आक्रोशित बनेका छन । पक्राउ परेकाहरुलाई विना सर्त तुरुन्त रिहाइको माग गर्दै आईतवारदेखी गाउँपालिकामा प्रर्दशन र बन्द गराएका छन ।

आक्रोशित युवाहरुले गाउँपालिकाको स्वास्थ्य शाखाबाहेक सम्पूर्ण सरकारी कार्यालय, निजी तथा सार्वजनिक स्कुल, व्यवसायहरू अनिश्चितकालीन बन्दको आह्वान गरेका छन । उनीहरुले विज्ञप्ती नै निकालेर गरिएको विन्दमा सहयोग गर्न सवैसंग आग्रह गरेका छन ।

गत भदौ २७ गतेदेखि स्ट्रिट लाइट जडान, भ्रष्टाचार तथा अनियमितताविरुद्ध विभिन्न माग राख्दै युवाहरूले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । आन्दोलन शान्तिपूर्ण रहे पनि गाउँपालिकाका केही कर्मचारी र प्रतिनिधिहरूले मिलेमतोमा लेखा शाखामा आगो लगाएर यी दुई युवा अभियन्ताहरूलाई फसाउन खोजेको आन्दोलनरत युवाहरुले आरोप लगाएका छन ।

आन्दोलनरत पक्षले “गाउँपालिका अध्यक्ष जवाहर साहले दादागिरी र भ्रष्टाचारविरुद्ध बोल्नेहरूलाई आफ्नो पैसा र पावरको बलमा जे पनि गर्ने प्रयास गरेको आरोप लगाएका छन । उनीहले आगजनीलाई प्रमाण नष्ट गर्ने षड्यन्त्रको रूपमा चित्रित गर्दै विज्ञप्तिमा गाउँपालिका अध्यक्ष र केही वडा अध्यक्षको दबाबमा प्रहरीले अभियन्ताहरूलाई पक्राउ गरेका आरोप लगाएका छन ।

Leave a review