सरकारले मधेश प्रदेश प्रमुख भण्डारीलाई पदबाट हटायो

रासस
322 पाठक संख्या

काठमाडौँ : सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले मधेस प्रदेशको प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्नका लागिसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

Leave a review

This will close in 0 seconds