बारामा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ

साझेदारी दैनिक
644 पाठक संख्या

कलैया : बारामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा नं. १ त्रिबेणी ४२ वर्षीय कृष्ण महतो, सोही ठाउँका ३२ वर्षीय लालुकुमार बैठा, सोही ठाउँका ३६ वर्षीय लालु साह,निजगढ नगरपालिका-८ निजगढ बस्ने ४० वर्षीय राजकुमार लामा, निजगढकै २५ वर्षीय अविशेक श्रेष्ठ रहेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक टुपेंद्र श्रेष्ठले जानकारी दिएका छन् ।

बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ त्रिबेणी बस्ने ४२ वर्षीय कृष्ण महतोको घरमा ब्राउन सुगरको पुरिया बनाइ रहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बाराको टोलि तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगञ्जको टोलिले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो।

ब्राउन सुगर जस्तो देखिने पदार्थ कालो प्लाष्टिकको पुरियामा प्लाष्टिक सहित २२ ग्राम ८७० मिलिग्राम र सेतो प्लाटिकको पुरियामा प्लाष्टिक सहित ७ ग्राम ९४० मिलि ग्राम बरामद गरेको हो।

लागु औषधसहित प्रसौनीमा ल्याई उनीहरुमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds