कलैया । सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानबाट ६ लाख बराबरको अवैध भन्सार छलीको समान बरामद गरेको छ ।
भारतबाट अबैध रूपमा भन्सार छलि वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको यात्रुवाहक बसको डिकि भित्र राखि लैजादै गरेको दुई लाख ६३ हजार नौ सय रुपैयाँ बराबरको थानको कपडा ,फलसिङ्ग लाईट र एयरपोडस् (एयरबट) बरामद गरिएको हो। बरामद सामाग्री आवश्यक कार्वाहिको लागि सुरक्षा बेश जितपुरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिका –२ निम्वु फारमस्थित रहेको व्यक्ति बसोवास नगरेको टिनले छाएको घरको २ वटा कोठामा बिशेष सुचनाको आधारमा सुरक्षा बेश जितपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमाण्डमा खटिगएको टोलीले वडा अध्यक्ष धन बहादुर श्रेष्ठ र स्थानीयहरुको संयुक्त उपस्थितीमामा उक्त घरमा खानतलासी गर्दा रु.२ लाख ६२ हजार रुपैयाँ बराबरको बेवारिसे अवस्थामा रहेको अं.२६०० लिटर पाम आयल, ग्यास चुल्हो, प्लाष्टिक पाईप र अं.२,००० बराबरको १ वटा साईकल गरी जम्मा मूल्य रु.२ लाख ६४ हजार बराबरको सामान बरामद गरि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यस्तै कलैया उपमहानगरपालिका १० कटहरिया चोक स्थित नेपाल भारत सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ २ जना ब्यक्तिहरुले टाउकोमा राखी ल्याउदै गरेको अन्दाजी मूल्य रु. १ लाख २० हजार रुपैयाँ बराबरको कपडा र पटाका बरामद गरेको छ।
बरामद सबै सामान आज भन्सार कार्यालय बुझाईने सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसिले जानकारी दिए।


