कृष्णाष्टमीको अवसरमा मदरल्याण्डमा झाँकी प्रदर्शन

साझेदारी दैनिक
253 पाठक संख्या

वीरगञ्ज : वीररगञ्ज महानगरपालिका वार्ड नं. ३ स्थित मदरल्यान्ड स्कुलमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष झाँकी शुक्रबार प्रदर्शन गरिएको छ।

विद्यालय परिसरमा सो कार्यक्रम भएको हो। अभिभावक समिति अध्यक्ष राजकुमार साहको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, मधेश प्रदेश संगठन विभागका उप–प्रमुख प्रमोद रायमाझी प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा नेशनल प्याब्सन, वीरगञ्ज नगर अध्यक्ष सोनालाल पटेलको विशेष सहभागिता तथा उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत अनिकेत सर्राफको थियो। विद्यालयका लेखापाल विजेता चौधरीले कार्यक्रमको सञ्चालन गरेका थिए।

उक्त अवसरमा विद्यार्थीहरूले राधा–कृष्णको बाल–लीला प्रदर्शन गरे। भ्गवान श्रीकृष्णको विभिन्न प्रसंग झल्काउने आकर्षक झाँकीहरू समेत प्रस्तुत गरिएको हो। रंगीचंगी पहिरन, नृत्य, भजन र अभिनयमार्फत विद्यार्थीहरूले भगवान् श्रीकृष्ण र राधाको जीवनलाई प्रस्तुत गरे। उपस्थित अभिभावक, शिक्षक तथा अतिथिहरूले झाँकीको आनन्द लिएका थिए।

कार्यक्रमले विद्यार्थीहरूको सिर्जनशीलता बढने विश्वास लिइएको छ। साथै यसले सांस्कृतिक चेतना र धार्मिक मूल्यप्रति समर्पणलाई प्रोत्साहन गरेको विद्यालयका सञ्चालकहरूको भनाई रहेको छ।

Leave a review

This will close in 0 seconds