आत्म र समाजका लागि जीतपुरसिमरामा योग शिबिर

रञ्जन यादव
336 पाठक संख्या

“आत्म र समाजका लागि योग” भन्ने नाराका साथ जीतपुरसिमरा उपमहानगरपालिकामा योग शिबिर सञ्चालन भईरहेको छ ।

मानिसलाई स्वास्थ्य र निरोगी जीवन बाँच्न सम्बन्धि जानकारी दिने उदेश्यले उपमहानगरपालिकाको आयोजनामा भएको शिविरमा सहभागीहरुलाई योग गुरु स्वामी पुर्णतेजले प्रशिक्षिण दिईरहनुभएको छ ।

मानसिक तनाब कम गर्न योग सबैले गर्नु आवश्यक रहेको उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेले जानकारी दिईन ।

उहाँले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताईन । उहाँले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताईन ।

त्यस्तै योग गुरु स्वामी पुर्णतेजले योगाभ्यास गरेमा मन चंगा र शरीर पूmर्तिलो हुन्छ । मानिसको विचार,चालचलन,भोजनशैली,आचरण आदिमा सकारात्मक परिवर्तन आउने बताए ।

स्थतिमा सुधार गर्न योगले काम गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाले बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई योग शिबिरमा सहभागी गराई योग प्रशिक्षण दिईरहेको छ ।

Leave a review