कलैया : बारामा लघुवित्त पीडितहरुले जिल्ला प्रशासन कार्यालय बारा अगाडी विरोध प्रदर्शन गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाराको गेट अगाडि ” राजा आउ देश बचाउ“ को नारा लगाउदै २० लाख सम्मको ऋण मिनाहाको माग गर्दै दुर्गा प्रसाई निकटका समर्थकहरुले सोमबार प्रदर्शन गरेका हुन्।
उक्त -यालीमा २० लाखसम्मको ऋण मिनाहा गर, लघुवित्तको कालो सूची बन्द गर, लघुवित्त बैंक खारेज गर, लिलाम प्रक्रियामा परेका जग्गा फिर्ता गर,दुर्गा प्रसाईं जिन्दावाद भन्दै नाराबाजी गरेका थिए। उक्त विरोध प्रदर्शनमा लघुवित्त पीडितका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो।

