पत्रकार आलमको उपचारमा महासंघ बाराद्वारा २० हजार सहयोग

रञ्जन यादव
411 पाठक संख्या

सिमरा : बाराका अग्रज पत्रकार ५३ बर्षिय फैजुल्लाह आलमको उपचारमा सहयोगका लागि नेपाल पत्रकार महासंघ बारा शाखाले आर्थिक सहयोग प्रदान गरेको छ।

ब्रेनहेमरेज भई चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत लागि केही राहत मिलोस् भन्ने उद्देश्यले महासंघ बाराका तर्फबाट रु २० हजारको चेक आलमकी श्रीमतीलाई बारा जिल्लाको परवानीपुरस्थित निवासमै पुगेर हस्तान्तरण गरिएको हो। चेक हस्तान्तरण कार्यक्रम महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी र कोषाध्यक्ष रञ्जन यादवले संयुक्त रूपमा सम्पन्न गर्नुभएको थियो ।

महासंघले पत्रकार आलमले पत्रकारिता क्षेत्रमा पु¥याउँदै आएको योगदानको कदर गर्दै कठिन घडीमा साथ दिनु आफ्नो दायित्व भएको माहासंघ बाराका कोषाध्यक्ष यादबले बताउँनुभयो । उहाँले यस्तो कठिन घडिमा सबैले आआफनो ठाउँबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै, महासंघ बाराले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a review