कलैया । पदाधिकारी वा सदस्यहरुले व्यक्तिगत रुपमा बोलाईएको महाधिवेशन वा विशेष महाधिवेशनको नाममा गरिने कुनै पनि गतिबिधिमा सहभागि नहुन नेपाली कांग्रेस बाराले आग्रह गरेको छ। नेपाली कांग्रेस बाराका पार्टी सभापति राजेशराय यादवले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन्।
विज्ञप्तिमा पार्टीको विधान विपरित हुने हुदाँ त्यस्ता गतिविधिमा संलग्न नहुन जिल्लाका पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमितिहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्था पदाधिकारी तथा सदस्यहरुलाई अपिल गरेको छ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयले पार्टीको विद्यान व्यवस्था भए बमोजिम केन्द्रको “महाधिवेशन“ वा “विशेष महाधिवेशन“ बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ।
२०८२ माघ ११ गते हुने राष्ट्रीय सभा सदस्य तथा मिति २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी बारा जिल्लाका जिल्ला, प्रतिनिधिसभा क्षेत्र, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशसभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भातृ एवं शुभेच्छुक संस्था लगायत सम्पूर्ण सदस्यहरु समर्थक र शुभेच्छुकहरुलाई उम्मेदवारहरुलाई विजयी गराउने अभियानमा अझ सशक्त रुपमा लाग्न विज्ञप्तिमा अनुरोध गरिएको छ।


