कलैया : अधिवक्ता एकरामुल हकलाई हनी ट्रयापमा पारेर चरित्र हत्या गरेको बारा जिल्ला अदालत वार एशोसिएसनले स्पष्ट गरेको छ। एशोसिएशन बाराका अध्यक्ष उमेशप्रसाद जयसवाल तथा सचिव हसमोद्दिन अन्सारीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे स्पष्ट पारेका हुन्।
विज्ञप्तिमा एशोसिएशनका सदस्य हक उपर जर्बजस्तिकरणी गरेको सम्बन्धमा जाहेरी दर्खास्त दर्ता भई अनुसन्धान भइरहेको विषयमा विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन पत्रिकामा प्रकाशित सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। कानुनको शासन, स्वतन्त्रता तथा समानताको हक लगायत न्याय प्राप्तिमा पारदर्शिता कायम गरी न्याय प्राप्तिकोलागि वार एशोसिएसनले अथक प्रयास गरेको विज्ञप्तिमा जनाइएको छ। उक्त वारदातमा अधिवक्ता हक अनुसन्धानबाट दोषी देखिएमा निजलाई कानुन बमोजिम कारवाही र सजाय हुने कुरामा एशोसिएसनले विमति नराख्ने प्रष्ट गरिएको छ।
पिडीतलाई वारबाट यथोचित सहयोग समेत हुने कुरामा विवाद गर्न नसकिने विज्ञप्तिमा लेखिएको छ। घटना सम्बन्धमा हकसंग कुरा गर्दा आफु पीडितको कुनै मुद्दामा कानुन व्यवसायी नरहेको,कुनै मुद्दा मामिला नलेखेको, आफ्ना पिताआमासंग भेट गरी नालेश लेख्न भनि कलैयाबाट मलाई बोलाई सिमरा होटेलमा लगेको, होटेलमा पहिलो पटक जादा पिताआमा नहुदा आफु होटलबाट बाहिर आएको पछि जादा पनि कोही नआएकोमा पाँच मिनेट बस्नुस आउदै हुनुहुन्छ भनी भनेकोमा पाँच मिनेट पछि निजले पहिले देखि गरेको प्लानिङ्ग अनुसार ५/६ जना व्यक्ति आई निर्घात कुटपिट गरेको लुगा समेत फुकाली फसाएको जानकारी गराएको विज्ञप्तिमा जनाइएको छ।
दुवै पक्षको आ-आफ्नो बयान रहेको अवस्थामा प्रहरीको अनुसन्धानबाट निज दोषी सावित हुनु अगावै पिडीतको तर्फबाट विभिन्न अनलाइन खबर मार्फत सोलाई प्रसारण गरी अदालतबाट फैसला हुनु अगावै सोसल मिडियाबाट निजलाई दोषी करार दिई संगठित रुपमा अमानवीय व्यवहार गरिनुबाट कानुनी शासनको उपहास भएको देखिएको विज्ञप्तिमा लेखिएको छ।
दोषी उपर कानून बमोजिम कार्वाही सम्बन्धित निकायबाट हुने नै भएकोले अभियोग लागेकै आधारमा कसैलाई निर्घात रुपमा कुटपिट गर्ने, अमानवीय व्यहवार गर्ने ख्ष्मभय प्रकाषित गर्ने गराउने कार्य पुर्व नियोजित रुपमा योजना वनाई एउटा अधिवक्तालाई झुठा मुद्धामा फसाउने तथा निजको चरित्र हत्या गर्ने उद्देश्यले होटलमा प्रवेश गरेको ३/४ मिनेट भित्रै सामुहिक रुपमा व्यक्तिहरु प्रवेश गरी कोठा भित्र पसी व्यक्तिको कपडा जवरजस्ती खोली अर्ध नगन पारी अमानविय तरिकावाट कुटपिट गर्दै सार्वजनिक ठाउं वाटोमा लयाई कुटपिट गर्नु र त्यसको भिडियो रेकर्ड बनाउनु र उक्त भिडियो सोसल मेडियामा भाइरल गर्नु कार्यबाट नै अधिवक्ता एकरामुल हकलाई हनी ट्यापमा पारी फसाइएको तथ्य प्रष्ट देखिएबाट त्यस्ता अनैतिक कार्य गर्ने व्यक्ति र समुहको पहिचान गरी कानुनी दायरामा ल्याई कडा कारवाही गरी कानुनी शासनको परिपालना गर्न गराउन यस वारले विज्ञप्तिमा जोडदार माग गरिएको छ।


