बारा-२ मा जसपा नेपालको सम्पर्क कार्यालय उद्घाटन

संदिप प्रसाद यादव
316 पाठक संख्या

कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आफ्नो चुनावी अभियानलाई व्यवस्थित बनाउन सम्पर्क कार्यालय स्थापना गरेको छ। बारा क्षेत्र -२ अन्तर्गत महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरमा आज एक कार्यक्रमका बीच जसपा नेपालको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको हो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकिशोर प्रसाद यादवले क्षेत्रको विकास र पहिचानको मुद्दालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

मधेस र मधेसी जनताको हकहितका लागि जसपा नेपालले खेल्दै आएको भूमिकालाई कदर गर्दै मतदाताले यसपटक आफूलाई विजयी गराउने विश्वास उनले व्यक्त गरेका छन् । साथै उनले एकजुट भएर निर्वाचनमा होमिन कार्यकर्ताहरूलाई आव्हान गरेका छन्।

उक्त उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभा सदस्य बच्चा राय यादव, पचरौता नगरपालिकाका पूर्व मेयर रमेश यादव, नेता शिव मंगल यादव लगायत स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds