चिसो बढेसँगै बाराको ग्रामीण भेगमा बिरामीको संख्या बढ्यो

साझेदारी दैनिक
272 पाठक संख्या

कलैया : चिसो बढेसंगै बाराको ग्रामीण स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या बढ्न थालेको छ। एकसाता भन्दा बढिदेखी तराई सहित देशभर चिसो बढेको छ । चिसो बढेसंगै यतिखेर भाईरल ज्वरो, रुघाखोकी,कोल्डडायरीया,निमुनिया लगायतका स्वास्थ्य समस्या भएका बिरामीहरुको संख्या बढेको हो ।

ग्रामिण स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थाहरुमा चिसोका कारण विभिन्न खाले रोगले ग्रसीत विरामीहरु चाप बढेको स्वासथ्यकर्मीहरुले बताएका छन् । विशेषगरी कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी, सिम्रौनगढ, निजगढ, पचरौता नगरपालिका, करैयामाई, फेटा, देवताल, परवानीपुर, सुवर्ण र प्रसौनी गाउँपालिकाका ग्रामीण बस्तीमा चिसोका कारण स्वास्थ्य समस्या बढ्दै गएको स्थानीयहरुले बताए ।

प्रादेशिक अस्पताल कलैया तथा स्थानीय स्वास्थ्य चौकीहरूमा रुघाखोकी, ज्वरो, दम, निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीको चाप बढेको छ। प्रादेशिक अस्पताल कलैयाका अनुसार दैनिक उपचारका लागि आउने बिरामीको संख्या अघिल्ला हप्ताको तुलनामा बढेको छ।

करैयामाई गाउँपालिका स्थि हरैया स्वास्थ्य चौकीका ईन्चार्ज दिपेन्द्र प्रसाद चौधरीका अनुसार, पालिका भित्रका स्वास्थ चौकीहरुमा दिनहु एक १५० देखि २०० सम्मको संख्यामा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । ती मध्ये ज्वरो ,रुघाखोकी, निमुनिया,झडापखालार चर्म रोगको विरामीहरु सबै भन्दा बढी आउने गरेको ईन्चार्ज चौधरीले बताए ।यस्तै चर्मरोग , उच्च रक्तचाप र महुमेहका बिरामीहरु पनि आउने गरेको उनले जानकारी दिए

स्वास्थ्य संस्थाहरुमा बिरामीको संख्या बढेसंगै स्वास्थ्य संस्थामा औषधीको अभाव भएको पनि कतिपय स्वास्थय चौकी ईन्चार्जहरुको भनाई छ । जीतपुरसिमरा १७ की रुकमीणी भण्डारीले मधुमेह, उच्च रक्तचाप र थाईराइडको औषधी स्वास्थ चौकीमा उपलब्ध नहुदा गरिब विपन्नहरु समस्यामा परेको गुनासो गर्नुभएको छ ।

चिकित्सकहरुको अनुसार अत्यधिक चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन्। कतिपय गरीब तथा विपन्न परिवारमा न्यानो कपडा, दाउरा तथा सुरक्षित आवासको अभाव हुँदा समस्या झनै जटिल बन्दै गएको छ। ग्रामीण बस्तीमा बिहान र रातिको समयमा बाक्लो कुहिरो लाग्ने गरेकाले चिसो थप बढेको स्थानीयवासीले बताएका छन्। चिसोबाट बच्न नसक्दा सामान्य रुघाखोकीबाट सुरु भएको समस्या निमोनियासम्म पुग्ने जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ।

Leave a review