स्व. रुपेश स्वर्णकार स्मृति छात्रवृत्तिलाई निरन्तरता दिन आग्रहः प्रमुख रौनियार

संदिप प्रसाद यादव
465 पाठक संख्या

कलैया । बाराको कलैया उपमहानगरपालिका–६ स्थित बाल एकता सेकेन्डरी ईङग्लिस बोर्डिङ स्कुल +२ कलेजमा कक्षा ११ का विद्यार्थी स्वागत तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

कार्यक्रमको जिल्ला शिक्षा समन्वय इकाइ बाराका इकाई प्रमुख अशोक रौनियारले एक कार्यक्रमवीच उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै प्रमुख रौनियारले स्कुलका स्वर्गीय प्रिन्सिपल रुपेश स्वर्णकारको स्मृतिमा प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उनले विज्ञान र व्यवस्थापन संकायतर्फ पाँच–पाँच जना गरी १० जना विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति सराहनीय पहल भएको बताए। उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

विद्यार्थी जीवन सिकाइको निरन्तर यात्रा भएको उल्लेख गर्दै डिजिटल युगमा गुरुबाट प्राप्त हुने ज्ञानको महत्त्व अझै बढेको रौनियारले बताए। सोही अवसरमा बोल्दै प्रमुख रौनियारले मधेस प्रदेश अझै साक्षर जिल्ला घोषणा हुन नसकेको उल्लेख गर्दै बारालाई साक्षर जिल्ला घोषणा गर्न सबैको सहकार्य आवश्यक रहेको बताए ।

कलेजका संयोजक प्रिन्सकुमार सिंहका अनुसार कक्षा ११ मा विज्ञान र व्यवस्थापन संकायमा गरी ७१ जना विद्यार्थीलाई स्वागत गरिएको छ। हाल कक्षा ११ र १२ मा दुवै संकायमा १३८ जना विद्यार्थी अध्ययनरत छन्।

विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोलासाह सोनारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका सह प्रबन्धक संगीता सरार्फ,विद्यालय छात्रावासका निर्देशक छाया सरार्फ,आईसीटी रोस्टर प्रशिक्षक तथा शिक्षक तालिम केन्द्र मधेस प्रदेशका प्रशिक्षक एवं नेल्टा बारा शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार निधी, श्री ३ चन्द्र माध्यमिक बिद्यालयका प्रधानाध्यापक रमेश कुशवाहा,आस मोहम्मद, सेकेन्डरी समन्वयक प्रशान्त सरार्फ, प्राइमरी समन्वयक आदर्श, अनुशासन इन्चार्ज कुन्दन, सनराईज कोचिङ तथा कम्प्युटर सेन्टरका फाउण्डर प्रिन्सिपल तथा डाईरेक्टर सन्तोषकुमार साह,कलेजका शिक्षकसहित विद्यार्थी,सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सुमोद कुमार सरार्फले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक रञ्जन शर्माले गरेका थिए।

Leave a review

This will close in 0 seconds