अण्डर १९ क्रिकेट छनोटमा बाराको बिजयी शुरूवात

साझेदारी दैनिक
347 पाठक संख्या

निजगढ,नवराज चौलागाईं/ मधेश प्रदेश स्तरीय अण्डर १९ क्रिकेट प्रतियोगितामा बाराले बिजयी शुरूवात गरेको छ।

समूह ए अन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा बारा विजयी भएको हो। बाराले सर्लाहीलाई एक सय १५ रनले पराजित गरेको हो ।

पहिला ब्याटिङ गरेको बाराले ३८ ओभरमा अलआउट हुँदै एक सय ५० रन बनाएको थियो। बाराकालागी रोहन साहले सर्वाधिक ३६ रन बनाए । साहले ५३ बल खेल्दै बाराको लागि सर्वाधिक ३६ रन बनाएका छन्। बाराकालागि निरज यादवले ३१ र साहिल पटेलले २१ रन बनाए।

सर्लाहीका निरजराज राम एक्लैले ७ विकेट लिएर बारालाई अलआउट गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। बाराको कसिलो बलिङ सामु सर्लाहीको ब्याटिङ निरीह बन्यो ।

निरजले १० ओभरमा ४२ रन खर्चिएर सात विकेट हात पारेकाथिए । जितकोलागि १ सय ५१ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको सर्लाही १६.२ ओभरमा ३५ रन बनाउदै अलआउट भयो ।

सर्लाहीकालागि परिमार्जन यादवले सर्वाधिक ९ रन बनाए। सर्लाहीलाई सस्तैमा समेट्न बाराकालागि अमरदिप यादवले सर्वाधिक ५ विकेट हात पारे । अमरदिपले ५.२ ओभरमा ४ रन खर्चंदै ५ विकेट लिए । बाराकालागि रोहन साहले थप २ विकेट लिन सफल भएका थिए ।

खेलको प्लेयर अफ द म्याच बाराकालागि सर्वाधिक ५ विकेट लिएका अमरदिप यादव घोषित भए। प्रतियोगिता अन्तर्गत आइतबार सर्लाही र सप्तरी बिच प्रतिस्पर्धा हुनेछ ।

खेल कलैयाको सिद्धेश्वर क्रीकेट मैदानमा बिहान ९ बजेदेखि शुरु हुनेछ । मधेशका ८ वटा जिल्लालाई २ समूहमा बिभाजन गरेर खेलाईएको प्रतियोगिताबाट मधेस प्रदेशको अण्डर १९ टोलि बनाईनेछ।

प्रतियोगिताको समूह ए मा बारा,रौतहट,सर्लाही र सप्तरी रहेकाछन्। समूह बि मा पर्सा,महोत्तरी,धनुषा र सिरहा रहेकाछन ।

Leave a review

This will close in 0 seconds