प्रतिभा खोज्न विकल रेग्मी स्मृति फुटबल प्रतियोगिता हुदै

संदिप प्रसाद यादव
393 पाठक संख्या

निजगढ : निजगढमा दोस्रो ‘विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ। निजगढ नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा हुने उक्त प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले गर्नेछ।

समितिको माघ १२ गते बसेको बैठकले गरेको निर्णयअनुसार प्रतियोगिता यशी आगामी फागुन ०९ गतेदेखि वडा नं. ९ स्थित शहीद हिरालाल रंगशाला खेल मैदानमा सञ्चालन गरिने जनाएको छ।

उक्त प्रतियोगितामा नगरका सबै वडाबाट एक–एक टिम सहभागी गराइने व्यवस्था मिलाइएको छ। सहभागी खेलाडी १६ वर्षमुनिका पुरुष हुनेछन्। वडा कार्यालयहरूसँग समन्वय नगरका विभिन्न समुहहरुले गत फागुन ०५ गतेसम्म आवेदन फाराम भरी आयोजक समितिमा बुझाई सकेकानगरपालिकाले अनुरोध गरेको छ।

प्रतियोगिताले नगरस्तरमा लुकेर रहेका प्रतिभा पहिचान गर्नुका साथै युवा खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ।

Leave a review

This will close in 0 seconds