भन्सार गुल्म वीरगञ्जद्वारा ६ लाखभन्दा बढी मूल्यका अवैध औषधि बरामद

साझेदारी डेलि
248 पाठक संख्या

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म वीरगञ्जले ठूलो परिमाणमा अवैध औषधिहरू बरामद गरेको छ। काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बसबाट करिब ६ लाख २६ हजार रुपैयाँ बराबरका औषधिहरू नियन्त्रणमा लिइएको हो।

गएराति सशस्त्र प्रहरी निरीक्षक निरज थापाको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्क क्षेत्रमा बसहरूको नियमित जाँच गर्ने क्रममा उक्त अवैध सामग्री फेला पारेको हो।

जाँचका क्रममा बिलविजक नभएका सिल्डिनाफिल ट्याब्लेट २१०१ पत्ता, प्रेगआउट किट २६७ पत्ता तथा एरोसल स्प्रे १२५ वटा बरामद गरिएको प्रहरीले जनाएको छ।

गुल्मका गुल्मपति डीएसपी विकास अधिकारीका अनुसार बरामद सामग्री आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Leave a review