पर्सामा लागुऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक जना पक्राउ

साझेदारी डेलि
265 पाठक संख्या

वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध गाँजा जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा फुलवारी टोल स्थितमा साना–साना पोका बनाई नव यूवाहरूलाईलागु औषध गाँजा बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा यस्को मातहतमा रहेको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले शेष मखु मियाँको घर कानूनी रितपुर्यााई खानतलासी गर्दा घरभित्र रातो कालो प्लाष्टिकको साना–साना पोका पारी बिक्री बितरण गर्न राखिएको पोकाहरूमा लागु औषध गाँजा जस्तो देखिने पदार्थ प्लाष्टिक वाहेक १४ के.जी.२२६ ग्राम रितपूर्वक बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजा विक्री बितरण कार्यमा संलग्न अन्दाजी १५/१६ वर्षको बालकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds