कलैया । राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टीको कलैया उपमहानगर संयोजकमा उमाशंकर साह रौनियारलाई चयन गरिएको छ। पार्टीका बारा जिल्ला उपसभापति सिए भगवान महतोले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी बारा अन्तर्गत कलैया उप–महानगरपालिकाको नगर भेला सम्पन्न नभएसम्मको लागी उनलाई पार्टीको कलैया उप–महानगरपालिकाको प्रतिनिधित्व गर्न पालिका समिती संयोजकको जिम्मेवारी दिइएको हो।
पार्टीको बिधान, नीति, सिद्धान्त, कार्यबिधि तथा नियमावली बमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेे बिश्वास लिदै कार्यकाल सफलताको शुभकामना महतोले ब्यक्त गरेका छन्। जतिसक्दो चाडो कलैया उप–महानगरपालिका भेला आयोजना गर्न माहौल बनाई जिल्ला समितिलाई जानकारी गराउन हुन समेत मनोनयन पत्रमा लेखिएको छ।

