Sajhedari Daily
Latest News from Nepal

प्रतिनिधि सभाको हत्या गरेका प्रधानमन्त्री ओलीलाई सरकारमा बसिरहनु नैतिकताले नदिने- केन्द्रीय सदस्य चौधरी

नवराज चौलागाईं,/
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद उमाकान्त चौधरीले नेपाल कम्युनिष्ट पार्टी नेकपाको अन्तरकलहको कारण प्रधानमन्त्रि केपी शर्मा ओलीले शक्ति र पदको दुरुपयोग गर्दै संसद बिघटन गरेको बताएका छन ।

प्रतिनिधि सभा बिघटनको विरोधमा बारा क्षेत्र नम्बर १ (क) मा शनिवार आयोजित बिरोध सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य चौधरीले यस्तो वताएका हुन ।

पुर्वमन्त्री तथा विघटित प्रतिनिधीसभाका सदस्य समेत रहेका चौधरीले जनताको जनादेशलाई लत्याउदै ३ वर्ष नपुग्दै प्रतिनिधि सभाको हत्या गरेका प्रधानमन्त्री ओलीलाई सरकारमा बसिरहनु नैतिकताले नदिने बताए । केपी ओली सरकारले बैशाखमा निर्वाचन गराउने बताएपनि विश्वशनिय आधार नभएको भन्दै कम्युनिष्ट पार्टीलाई जनाताको बिचमा भोट माग्ने कुनै अधिकार नभएको चौधरी आरोप लगाए ।

सोही कार्यक्रममा वोल्दै नेपाली काँग्रेसका नेता एवम् निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले संविधान र लोकतन्त्रको संस्थागत गर्न नेपाली काँंग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन । संविधान निर्माणमा नेपाली काँग्रेसको नेतृत्व र सबैभन्दा ठुलो योगदान रहेको बताउनुहुँदै कांग्रेसले संविधानलाई जोगाउन जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने बताए ।

नेपाली काँग्रेस बारा क्षेत्र नम्बर १ प्रदेश सभा क का क्षेत्रीय सभापति बद्रि भट्टको सभापतित्वमा सम्पन्न सभामा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि माला लामा लगायत महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि,जिल्ला कार्य समितिका पदाधिकारी,क्षेत्रीय सदस्य तथा नेपाली काँग्रेसका बिभिन्न पदाधिकारी र भातृ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।