बारा, पर्सा सहित देशभरका थारु समुदाय मनाए माघी पर्व

साझेदारी दैनिक
599 पाठक संख्या

माघ महिनाको पहिलो दिन विहिवार बारा,पर्सा सहित देशभरका थारु समुदायले विशेष हर्सोल्लाहका साथ माघी पर्व मनाएका छन ।

थारु समुदायहरुले यसैदिनलाई नयाँ बर्षको रुपमा पनि मनाउने गरेका छन । बाराका सवै स्थानीय तहमा बसोवास गर्ने थारु समुदायहरुले विशेष पर्वको रुपमा यो पर्व मनाएका छन । थारु समुदायसंगै अन्य समुदायहरुले पनि माघीलाई पर्वको रुपमा मनाएका छन ।

थारु जातिको मौलिकता बोकेको ऐतिहासिक चाड माघीलाई विकासे पर्वकोरुपमा लिने गरिन्छ । यस पर्वमा थारु समुदायले पूर्खाको आशीर्वाद थाप्ने, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने यसरी वर्षभरिको दुःखसुखका कुरा एकापसमा साटासाट गर्ने, मीठो–मसिनो खाएर आत्मसन्तुष्टि लिने गर्दछन ।

यस पर्वमा थारु समुदायहरुले विवाह गरी पराई घर गएका चेलीबेटीलाई कोसेलीको रुपमा धान, चामल लगायत उपहार पनि दिने चलन रहेको छ । वर्षदिनको कामको समिक्षा गरी नयाँ कामको शुरुवात गर्ने पर्व भएकाले माघीलाई थारु समुदायले अन्य पर्वभन्दा विशेष रुपले मनाउने गरेका छन ।

Leave a review

This will close in 0 seconds