कलैया । कृषि र पशु,शिक्षा,खेलकुद,स्वास्थ्य,भौतिक पूर्वाधार,समाजिक विकास,संस्कृतिक क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै बाराको सिम्रौनगढ नगरपालिकाले शनिबार आर्थिक वर्ष २०८३/०८४ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले नगरपालिकाको ११ औं नगर सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६१ करोड ६३ लाख ८० हजार रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
संघीय सरकारबाट समानिकरण अनुदान १३ करोड ४६ लाख,सशर्त अनुदान २४ करोड ७७ लाख,सशर्त अनुदान पुजिगत २ करोड ११ लाख,समपुरक अनुदान ५३ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।
प्रदेश सरकारबाट समानिकरण अनुदान ९३ लाख ९० हजार र समपुरक अनुदान २० लाख,विशेष अनुदान ३० लाख,सशर्त अनुदान ४० लाख,राजस्व बाँडफाड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै घर जग्गा रजिस्ट्रेसन दस्तुर मालपोत कार्यालयबाट ६५ लाख,बाडफाडबाट प्राप्त हुने मुल्य अभिवृदी कर( संघीय) ८ करोड २५ लाख ५३ हजार,बाडफाडबाट प्राप्त हुने अन्तशुल्क ( संघीय) ३ करोड ५३ लाख ८० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी बैंकमा मौज्दात १ करोड,सडक बोर्डमा ५० लाख रुपैयाँ र आन्तरिक स्रोतबाट ४ करोड १० लाख प्राप्त गर्ने अनुमान गरिएको छ ।
नगर प्रमुख किशोरी प्रसाद कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप- प्रमुख नजमु शेहर,वडा अध्यक्ष,नगर कार्यपालिका सदस्य,आर्थिक प्रशासन प्रमुख मनिष प्रसाद कलवार,कर्मचारी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रममा स्वागत प्रमुख प्रशासकीय अधिकृत नवराज अधिकारीले गरेका थिए ।


