कोल्हवी नगरपालिकाद्वारा ७१ करोड ६६ लाख १९ हजारको बजेट सार्वजनिक

साझेदारी डेलि
83 पाठक संख्या

कोल्हवी । कोल्हवी नगरपालिकाले बुधबार ७१ करोड ६६ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ। केल्हवी नगरपालिकाको १६ औ नगर सभा पालिकाको सभा हलमा भएको हो।

नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीले १६ औ नगर सभामा नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरीको तर्फबाट कोल्हवी नगरपालिका वडा न ३ का वडा अध्यक्ष किशुनदयाल चौधरीले अगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन्।

आर्थिक बर्ष ०८३/०८४ मा आय तर्फ आन्तरिक आय रु १५ करोड ७० हजार रुपैयाँ प्रक्षेपित गरेको छ। राजश्व बाडफाडबाट रु १३ करोड १७ लाख ११ हजार आय प्राप्त हुने अनुमान रहेको छ।

संघीय सरकारबाट समानिकरण अनुदान प्राप्त रु १३ करोड ८१ लाख ,नेपाल सरकारबाट सशर्त अनुदान प्राप्त रु २७ करोड २३ लाख,प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान रु २ करोड ४४ लाख ३८ हजार गरि जम्मा ७१ करोड ६६ लाख १९ हजार आय बजेटमा अनुमान गरिएको छ।

“सामुदायिक बिधालयको गुणस्तरीय शिक्षा ,कोल्हबी नगरको इच्छा “ भन्ने नाराको साथ बिधालयको क्षमताको आधारमा अंग्रेजी माध्यमबाट हुने पठनपाठनलाई निरन्तरता दिने नीति नगरपालिकाले तय गरेको छ।

आधारभूत शिक्षालाई अनिवार्य एवम् निशुल्क र माध्यमिक शिक्षाको कक्षा ९ र १० निशुल्क गर्न शिक्षक तथा कर्मचारी व्यवस्थापनलाई यस बर्ष पनि निरन्तरता दिने नीति रहेको छ। रमपुर्वाको १५ बेडको अस्पताल निर्माण कार्यलाई तिब्रता दिइने छ। नगर भित्र रहेका बिपन्न दलित समुदाय का घरपरिवारलाई नगरपालिकाको खर्च तथा लागत साझेदारीमा स्वास्थ बिमा गराउने कार्य प्रारम्भ गरिने नीति नगरपालिकाले तय गरेको छ।

नगर भित्र सिचाईको लागि कृषी विद्युतिकरणमा बिशेष प्राथमिकता दिने नीति तय गरेको छ। किसानलाई समयमै मल खाद उपलब्ध गराउनको लागि केन्द्र र प्रदेश सरकारसङ आवश्यक समन्वयको नीति अवलम्बन गरिने प्राथमिकताका साथ अघि बढाउने नीति लिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठ, नगर सभाका सदस्यहरु ,कार्यपालिका सदस्यहरु, लेखा प्रमुख सुरेन्द्र चौधरी, जिन्सी शाखा प्रमुख रामभजन यादव लगायतको उपस्थिति रहेको हो। कार्यक्रमको सहजीकरण शिव पौडेलले गरेका थिए।

Leave a review

This will close in 0 seconds