रौतहटमा एक युवकद्वारा आत्मदाहको प्रयास, थप उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा रेफर

साझेदारी डेलि
107 पाठक संख्या
सांकेतिक तस्वीर

बारा । रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्।

घटनालगत्तै उनलाई तत्काल उपचारका लागि गरुडास्थित एक स्थानीय अस्पतालमा पुर्‍याइएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्मको करिब ३१ प्रतिशत शरीर जलेको छ। हाल उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ।

युवकले आत्मदाहको प्रयास किन गरे भन्ने कारण हालसम्म खुल्न नसकेको र घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds