कोल्हवीमा नगरस्तरीय फुटबल प्रतियोगिता हुँदै, असोज २३ सम्म टिम दर्ता गर्न आह्वान

साझेदारी डेलि
114 पाठक संख्या

कोल्हवी । धिरेन्द्र पनुहर / बाराको कोल्हवी नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।

कोल्हवी नगरपालिका नगर कार्यपालिकाको कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार नगरपालिकाको क्षेत्रभित्र रहेका सम्बन्धित क्लब, संघ तथा संस्थाहरूले प्रतियोगितामा सहभागी हुन नगरपालिकामा सूचीकृत भई टिम दर्ता गराउनुपर्नेछ।

नगरपालिकाले २०८३ साल असोज २३ गतेभित्र सम्बन्धित क्लब, संघ तथा संस्थाहरूलाई सूचीकृत भई आफ्नो फुटबल टिम दर्ता गराउन आग्रह गरेको छ।

नगरपालिकाले प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न इच्छुक खेलकुद क्लब तथा संस्थाहरूलाई तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी टिम दर्ता गराउन अनुरोध गरेको हो।

उक्त सूचना कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश श्रेष्ठको हस्ताक्षरमा असोज १६ गते जारी गरिएको छ।

Leave a review