बारामा चाडपर्व मनाउँदा सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन प्रशासनको अपिल

साझेदारी डेलि
89 पाठक संख्या
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; hdrForward: 0; module: video;hw-remosaic: false;touch: (0.51944447, 0.59296876);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: off;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 43;

कलैया । तिहार तथा छठ लगायतका पर्वहरू शान्तिपूर्ण एवम् सौहार्दपूर्ण वातावरणमा मनाउन जिल्ला प्रशासन कार्यालय बाराले अपिल गरेको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो अपिल गरेका हुन्।

चाडपर्व मनाउदा समुदायस्तरमा शान्ति सुव्यवस्था तथा अमनचयन कायम गर्न प्रशासनले आग्रह गरेको हो। चाडपर्वको समयमा आफूले खुशीयाली मनाउँदा मनोरञ्जन गर्दा अन्य धर्मावलम्बी, व्यक्ति, छिमेकी, टोल, समुदायको सार्वजनिक जीवनमा असर नपर्ने गरी मनाउन प्रशासनले भनेको हो। देउसी तथा भैलो लगायतका साँस्कृतिक मनोरञ्जनात्मक मात्र सञ्चालन गर्न विज्ञप्तिमा लेखिएको छ।

तिहार र छठ पर्व मनाउने क्रममा पटाका, भुईचम्पा, आतिशवाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य, सुरक्षा लगायत समग्र जनजीवनमा प्रतिकूल असर पर्ने हुँदा त्यस्ता पदार्थको भण्डारण, विक्री वितरण, ओसार–पसार तथा प्रयोग नगर्न विज्ञप्तिमा भनिएको छ।

दीप प्रज्वलन एवम् विद्युतीय उपकरणको प्रयोगबाट आगलागीको जोखिम रहने हुँदा उच्च सतर्कता अपनाउन समेत विज्ञप्तिमा सुझाव दिइएको छ। सट्टेबाजी, जुवा, तास जस्ता कानूनले निषेध गरेका क्रियाकलपाहरू नगर्न समेत भनिएको छ।

सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने लगायतका समाजमा अशान्ति सिर्जना गर्ने क्रियाकलापहरू नगर्न समेत प्रशासनले भनेको छ। बजारमा अखाद्य एवम् म्याद गुज्रेका वस्तुहरूको बिक्री वितरण, मूल्य वृद्धि र कृत्रिम अभाव सिर्जना लगायतका उपभोक्ता हित विपरितका गतिविधिहरू नगर्न विज्ञप्तिमा भनिएको छ।

सवारी साधनहरूमा क्षमताभन्दा बढी यात्रु नराख्नु हुन, तोकिएको भाडा भन्दा बढी भाडा नलिनु हुन एवं जोखिमपूर्ण यात्रा नगर्न समेत विज्ञप्तिमा आग्रह गरिएको छ। २०७९/०४/११ को नेपाल राजपत्र अनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाएकोले सो कार्य नगर्न भनिएको हो।

शान्ति सुव्यवस्थामा प्रतिकूल असर पर्ने अवाञ्छित गतिविधिहरू भए गरेको जानकारी प्राप्त भएमा तत्काल नजिकको प्रहरी इकाई वा प्रहरी कन्ट्रोल रूम १०० मा जानकारी गराउन समेत सुझाव दिइएको हो। यस विरुद्धका गतिविधि गतिविधि क्रियाकलाप सञ्चालन गरे गराईएको पाईएमा कानून बमोजिम कारबाही हुने समेत जानकारी दिइएको छ।

विज्ञप्तिमा २०८३ सालको दिपावली, छठपर्व, नेपाल सम्वत् ११४७, लगायतका राष्ट्रिय पर्वहरूको उपलक्ष्यमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सरकारी गैरसरकारी, निजी तथा संगठित संस्थाहरुमा आबद्ध पदाधिकारी एवम् कर्मचारी, सञ्चारकर्मी तथा समस्त जिल्लावासीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि जिल्ला प्रशासन कार्यालय परिवारले विज्ञप्तिमा शुभकामना व्यक्त गरिएको छ।

Leave a review