श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयाको द अग्रवाल फाउन्डेसन द्वारा निर्मित श्री ताराचन्द चम्पा देवी शिक्षालय भवनको उद्घाटन तथा पुरानो हाई स्कुल भवनको शिलान्यास कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगर –१ देवकोटा चौक स्थित रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित द अग्रवाल फाउन्डेसनदारा निर्मित श्री ताराचन्द चम्पा देवी शिक्षालय भवनको उद्घाटन भएको छ । पुरानो हाई स्कुल भवनको शिलान्यास एक कार्यक्रम विच सम्पन्न भएको हो ।
श्री ३ चन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिओम प्रसाद साहको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रमको प्रमुख अतिथि द अग्रवाल फाउन्डेसनका सह– संस्थापक पवन अग्रवाल तथा अग्रवाल फाउन्डेसनका सदस्यहरुले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।
द अग्रवाल फाउन्डेसनका संस्थापक बजरङ्ग अग्रवाल तथा सह संस्थापक पवन अग्रवाल जस्ता दानवीर एवम् मातृभूमि प्रतिको मोह भएका महान आत्मा सबै घरमा जन्मोस भनी पूर्व संविधान सभा सदस्य प्रमोद गुप्ताले बताएका हुन् ।
पूर्व प्रदेश सभा सदस्य पारस साहले यहाँका नेताले आफ्नो सन्तानलाई बिदेश पठाउन चाहन्छन् । द अग्रवाल फाउन्डेसनले अमेरिकामा भएर पनि जन्मस्थानका सन्ततिलाई शिक्षा दिन करोडौं लगानी गरेकोमा उनले धन्यवाद ब्यक्त गरे ।
बाराको शैक्षिक स्तरको सुधार अवश्य हुने र यसमा द अग्रवाल फाउन्डेसनलाई जहिले पनि नेपाली शिक्षा जगतले स्मरण गर्ने भन्दै नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले धन्यवाद दिए ।
द अग्रवाल फाउन्डेसनले नेपालकै जेठो विद्यालय मध्येका एक श्री ३ चन्द्र माध्यमिक विद्यालयको पुरानो संरचना जस्तै नयाँ भवन बनाउन लागेको हो ।
पिता स्वर्गीय ताराचन्द्र अग्रवाल र माता स्वर्गीय चम्पा देबिको समाज प्रतिको लगाव र सहयोग गर्ने भावनाले आफुहरुलाई प्रेरित गरेकाले सात समुद्र पारी गएपनी मातृभुमिलाई नबिर्सने उनीहरुले बताए ।
उनले मातापिताले कलैयामा अनेकन समाजिक कार्य गरेको बताउदै सबै मिलेर यहाको शिक्षा स्तर उकास्न लाग्नुपर्ने बताए ।
उनका पिता कक्षा ७ सम्म पढेर भएपनी कलैयालाई शिक्षित बनाउन चाहेको बताए ।
सो कार्यक्रममा अमेरिकाबाट प्रबिधिको सहयोगमा बोल्दै प्रमुख अतिथि द अग्रवाल फाउन्डेसनका अध्यक्ष डा.बजरङ्ग अग्रवालले मातृभूमिको ऋण तिर्न पाउँदा अत्यन्तै खुशी लागेको उनले बताए । आपूmले जन्मेको ठाउको शैक्षिक बिकासमा सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुशी भएको बताए ।
आफ्नो पिता स्वर्गीय ताराचन्द अग्रवालले कलैयामा गरेका सामाजिक कार्यहरुलाई सानै देखि हेरेर त्यसबाट आफुहरु पनि सिक्दै आएर समाजमा लगानी गर्दै जाने प्रतिबद्धता जनाए ।
स्थानीय समाजसेवी तथा मारवाडी सेवा समितिका पुर्व अध्यक्ष निरन्जन अग्रवालले आफ्नै निगरानिमा सम्पूर्ण बिधालय भवन निर्माण गराईरहेकोले आफुलाई अत्यन्तै गौरव लागेको बताए ।
एउटा भवन चार करोडको भवन भनाएर बुधबार उदघाटन गर्दै अर्को अनुमानित १२ करोडको साढे ३ तल्ले भवनको शिलान्यास समेत सह संस्थापक पवन अग्रवालले गरेका छन् ।
उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह,कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह,उप प्रमुख रौशन प्रविण,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,द अग्रवाल फाउन्डेसनका बोर्ड सदस्यहरु निलिमा अग्रवाल,निकिता अग्रवाल,लक्ष्मण अग्रवाल,हरिसीता खान,आशिष् अग्रवाल,डा.अमित अग्रवाल,प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले,शिखा प्रमुख प्रहलाद वर्णबाल,१ का वार्ड अध्यक्ष मोहन बहादुर क्षेत्री,शिक्षा अधिकृत बिजय अधिकारी,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,विभिन्न स्कुलका प्रधानाध्यापक,समाजसेवी,बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा स्वागत मन्तव्य श्री ३ चन्द्र माध्यमिक बिधालयका प्रधानाध्यापक नरेन्द्र गिरिको रहेको थियोे । कार्यक्रमको संचालन ब्रहम कुमारी राजयोग सेवा केन्द्र बरियारपुर कि गंगा थापाले गरेकी थिइन्

