अन्तर्राष्ट्रिय महोत्सवको प्रचारप्रसारका लागि वृहत् मोटरसाइकल र्‍याली

साझेदारी डेलि
139 पाठक संख्या

सिमरा । बाराको सिमरा–औराहस्थित श्री कृष्ण प्रणामी मन्दिरमा आगामी मंसिर १० देखि १६ गतेसम्म सञ्चालन हुने श्री कृष्ण प्रणामी धर्म अन्तर्राष्ट्रिय बाबाजी स्मृति महोत्सवको प्रचारप्रसारका लागि मंगलबार वृहत् मोटरसाइकल र्‍याली निकालिएको छ।

आयोजक समितिका सदस्य तथा युवा परिषद्का केन्द्रीय सदस्य सुमन सुवेदीका अनुसार र्‍यालीमा बारा, पर्सा, रौतहट र मकवानपुरका युवाहरूको सहभागिता रहेको थियो।

मन्दिर परिसर औराहाबाट सुरु भएको र्‍याली डुमरवाना,पिलुवा, बडहर्वा हुँदै कलैया, वीरगञ्ज र पथलैयासम्म पुगेको थियो। विभिन्न स्थानको परिक्रमा गरी र्‍याली पुनः सिमरास्थित मन्दिर परिसरमा पुगेर समापन गरिएको सुबे थियो। र्‍यालीमा युवा परिषद्का सदस्यहरू, स्थानीय समाजसेवी तथा अगुवा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवअन्तर्गत श्री तारतम सागर ब्रह्मवाणी १२५ पाठ पारायण तथा नवनिर्मित मन्दिरको कलश अनावरण कार्यक्रमसमेत आयोजना हुँदैछ।

महोत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउने उद्देश्यले प्रचारप्रसारलाई तीव्रता दिइएको धार्मिक महोत्सव आयोजना मूल समितिका संयोजक जनार्दन शास्त्री महाराजीले बताउनुभयो ।

Leave a review