अनिल कुमार साह /
जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियुले) आफ्नो चार वर्षे वार्षिक उत्सवको पोखरा महानगरपालिकाको ६ वटा विधालयहरूलाई आवश्यक खेलकुद समाग्री वितरण गरी मंगलवार मनाएको छ ।
“विधार्थी बिकासका लागि शिक्षा सँगै खेलकुद” भनाईलाई आत्मसाथ गर्दै स्वतन्न्त्र विधार्थी युनियनले जनप्रिय बहुमुखी क्याम्पसले पोखरा महानगरका जनचेतन उच्च माध्यमिक विद्यालय ,शिशु कल्याण माध्यमिक विद्यालय, श्री चण्डीडाँडा उच्च माध्यमिक विद्यालय, शान्ति उच्च माध्यमिक विद्यालय, श्री दामगाडे माध्यमिक विद्यालय, चण्डी उच्च माध्यमिक विद्यालयमा विधार्थीहरूलाई आवश्यक अनुसार विभिन्न खेलकुद सामाग्री वितरण गरेको छ।
स्ववियुले भलिबल,फुटबल,ब्याडमिन्टन,भलिबल,इस्किपिङ लगायतका खेलकुद सामग्री वितरण गरेको हो।
विभिन्न विधालयका विधार्थीहरू खेलकुद सामाग्री पाँउदा आफुहरू निकै खुसि रहेको र यस खुसिका लागि स्ववियु जनप्रिय बहुमुखी क्याम्पसलाई धन्यवाद दिएका थिए ।
जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक स्ववियु सभापति आशिक गुरुङका अनुसार विधार्थी बिकासका लागी पढाईका साथ साथै मनसिक स्वास्थ्यका लागि खेलकुदको ठुलो भुमिका हुने हुँदा विधार्थीहरूको आवश्यक अनुसार खेलकुद सामाग्री वितरण गरेको बताए।
आफुहरुले सधैं विद्यार्थीको हकहितका लागि विभिन्न कार्यक्रम आयोजना गरेको र विद्यार्थीहरुको साथ र सहयोगले गर्दा नै आफ्नो स्ववियु कार्यकाल उत्साह जनक रहेको उदघोष गर्दै गुरुङले आउने दिनहरूमा पनि विधार्थीहरूको बिकासका लागी अझै विभिन्न अभिमुखीकरण कार्यक्रमहरू आयोजना गर्ने बताए ।
स्ववियुले आफ्नै खर्चमा निस्वार्थ भावनाले सधै बिधार्थीका लागी काम गरेको र देश बिकासमा लाग्ने नेताहरूले पनि यस सकरात्मक स्वार्थहिन भावानाले लागेमा भ्रष्टचार कम हुने र देश छिट्टै बिकास हुने बताए ।
सभापति आशिक गुरुङले लामो समय सम्म हुन नसकेको स्ववियु निर्वाचनले विधार्थी राजनीतिमा ठुलो सहयोग पु¥याउने कुरा व्यक्त गर्दै छिटो भन्दा छिटो नै स्ववियु निर्वाचन गराउनका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए भन्ने जानकारी नेपाल विद्यार्थी संघकी बहु चर्चित युवा नेतृ रन्जता रेग्मीले साझेदारीलाई बताइन ।


