आर्दश कोतवाल गाँउपालिकाले गरे ४३ करोड ७१ लाख ७९ हजारको बजेट सार्वजनिक

साझेदारी दैनिक
603 पाठक संख्या

आर्दश कोतवाल गाँउपालिकाले आर्थिक बर्ष २०७७/०७८ सालको निती तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

४३ करोड ७१ लाख ७९ हजारको बजेट अर्थ संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष धर्मेन्द्र यादवले प्रस्तुत गरेका थिए । बितिय समानीकरणमा १० करोड ३२ लाख, सशर्त अनुदान १३ करोड ५१ लाख,समपुरक अनुदान १ करोड २८ लाख, राजस्व बाडफाडको रकम ६ करोड ८३ लाख १९ हजार संघ सरकारबाट आएको सो अवश्रमा जानकारी दिएको थियो ।

प्रदेश सरकारवाट बिति समानीकरण ७१ लाख ६० हजार, सशर्त अनुदान ८० लाख, बिषेश अनुदान ३० लाख, समपुरक बजेट २० लाख अनुदान रहेको गाँउपालिकाका अध्यक्ष मुस्तुफा अंसारीले जानकारी दिए । आन्तरिक आम्दानी ७५ लाख, अल्या रकम ९ करोड रहेको छ ।

अध्यक्ष अंसारीले पालिकाभित्र रहेको मठमन्दिरको संरक्षण सम्वद्र्धन गर्नुको साथ साथै मुख्य मन्त्रीको बटी पढाउ बेटी बचाउ अभियानलाई उच्च प्राथमितामा राखी शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुलीबती, सिचाई, सडक निर्माण, भौतिक पुर्वाधार निर्माण बेरोजगार युवालाई रोजगार दिने लगायतको कामकाजलाई प्राथमितामा राखेर काम गर्दै यहाँका नागरिकलाई बिकासको प्रत्याभुती दिलाउदै सुशासन र प्रार्दशिता गर्ने सहित अगाडी बढने सोच निती तथा कार्यक्रम आएको अध्यक्ष अंसारीले भने ।

कार्यक्रममा स्वागत मन्तब्य गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद साहले गर्नुभएको थियो भने अधिृकृत सुनिल थापाले संचालन गरेका थिए ।

कार्यक्रममा नगरसभा सदस्यहरु, कमचारी, पत्रकार, प्रहरी प्रशासन सहितको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds