फेटा गाउँपालिको आ.ब.०७७/७८को बजेट ३३ करोड ४५ लाख

साझेदारी दैनिक
701 पाठक संख्या

फेटा गाउँपालिकाहरुमा निती तथा कार्यक्रम सम्पन्न भएको छ । फेटा गाँउपालिकाले ३३ करोड ४५ लाख बजेट सार्वजनिक गरेका छन् ।

उपाअध्यक्ष कमरुल खातुनको तर्फबाट वडा नम्बर १ का वडाअध्यक्ष जयप्रकास दासले सो बजेट सार्वजनिक गर्नुभएको हो । संघिय तथा प्रदेश सरकार बितिय समानीकरण अनुदान तर्फ ११ करोड ५ लाख ४४ हजार, शसर्त अनुदान १४ करोड १५ लाख, राजस्व वाडफाड ६ करोड ४० लाख २४ हजारको बजेट प्रस्तुत गरेका थिए ।

आन्तिरिक आम्दानी १ करोड १० लाख रहेकामा खर्च तिर चालु तर्फ १० करोड , सशर्त तर्फ ११ करोड ३० लाख, पुजीगत तर्फ ८ करोड २४ लाख, बितिय अवस्था २५ लाख ६८ हजारको बजेट प्रस्तुत गरेको गाँउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिनुभयो ।

अमिरीलालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाअध्यक्ष कमरुण खातुन, प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, वडाअध्यक्ष बकिल यादव लगायतकाले आफनो बिचार ब्यतm गर्दे बजेटलाई कार्यन्वय गर्नका लागि दतचित भई अगाडी बढनुपर्ने कुरामा जोड दिएका थिए ।

Leave a review

This will close in 0 seconds