रञ्जन यादब
कलैया पिलुवा सड्क खण्डमा ट्रिपरले मोटर साईकललाई आज ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् ।घाईते हुनेमा मोटरसाईकल चालक बर्ष ४० का मनोज कुश्वाहा रहेका छन् ।
उनलाई ट्रिपरले सड्क खडका बिधानगर घाट टोल चिनिमिल नजिक ठक्कर दिईएको थियो ।कलैयाबाट आफनो घर धोधातर्फ ना २७ प ३७६१ नम्बरको मोटरसाईकलमा जाँदै गरेको मोटरसाईकल कुश्वाहालाई बिपरित दिशा पिलुवाबाट कलैया आउँदैँ गरेको ना ८ ख २३१३ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।
टाउँकोमा गम्भीर चोट लागि घाईते कुश्वाहालाई बायोधा अस्पताल बिरगंज पठाईएको छ ।ट्रिपर चालक र ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।
