बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यू , १० जना घाईते

साझेदारी दैनिक
साझेदारी दैनिक 399 पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
बारामा चट्याङ लागेर आज बिहान धान रोप्न गएका ४ जना महिलाहरुकोको मृत्यू भएको छ । पानीसँगै आएको चट्याङले चार जनाको मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

चट्याङ लागेर मृत्यु भएकाहरुमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ सितलपुरका दुई जना र फेटा गाँउपालिका वडा नम्बर १ का दुई जना गरी चार जना रहेका छन् । कलैया उपमहानगरपालिकाको मृत्तकहरुको कलैया अस्पताल ल्याउने क्रममा र फेटा गाउँपालिकाको मृत्तकहरुको घट्ना स्थलमै मृत्यु भएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार मृत्यु हुनेमा सितलपुरको धान खेतमा रोपाई गरीरहेकी ३५ बर्षिय आसादेवी महतो र ४५ बर्षिय हलिमा खातुन रहेकी छन् भने फेटा गाउँपालिकाको त्रिबेणीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एकै घरका ३० बर्षिय ईन्दु देवी महतो र ४० बर्षिय सुनारपति देवी महतो रहेका छन् ।

यस्तै जिल्लामा चट्याङ लागेर १० जना घाईते भएका छन् । घाईते हुनेहरुमा कलैया उपमहानगरपालिका वडा नं.१ंं० को एक जना ,वडा नंं.१२ को एक जना र सुवर्ण गाउँपालिकाको एक जना र बाँकी साँत जना फेटा गाउँपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

घाईते सबैको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भईरहेको छ । कलैया उपमहानगरपालिकामा मृत्यु भएकाहरुलाई कलैया अस्पताल र फेटा गाउँपालिकामा मृत्यु भएकाहरुको शब नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा पोस्टमार्डमकालागि पठाईएको छ ।

घाईते हुनेहरुमा कलैया उपमहानगरपालिका वडा नं.१२ बस्ने बर्ष ५० का मोरियम खातुन ,वडा नं.१० निलकण्ठवा बस्ने बर्ष १२ को रंजित कुमार कुश्वाहा र सुवर्ण गाउँपालिका वडा नं.१ बस्ने बर्ष ३५ का सिमा देबी मुखिया रहेका छन् ।त्यस्तैँ फेटा गाउँपालिकामा घाईते हुनेहरुमा फेटा गाउँपालिका वडा नं.१ त्रिबेणी बस्ने बर्ष ५५ की बच्चा देबी हजामको ,बर्ष ६० की राजपति देबी ,बर्ष ३५ की श्रीकान्त देबी ,बर्ष ६० की उमा देबी ठाकुर , बर्ष २५ की लिला देबी र बर्ष ३५ की सिसिता देबी र बर्ष ६० की सिला देबी धोबि रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

फेटा गाउँपालिकाको सबै मृत्तक र घाईतेहरु एउटै खेतमा धान रोपि रहेका थिए । घाईतेहरुमध्ये फेटा गाउँपालिका वडा नं.१ बस्ने बच्चा देबी हजामको अवस्था ज्यादै जटिल रहेको अस्पताल स्रोतले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले चट्याङबाट सजग र सतर्क रहन बाराबासी सँग आग्रह गरेको छ ।

बारामा हरेक बर्ष चट्याङका कारण मानिस तथा पशुपन्छीको मृत्यु हुँदै आएको छ । यसैक्रममा प्रदेश नं.२ का सरकारले चट्याङ लागेर मृत्यु र घाईते भएकाहरुको सन्दर्भमा घोषणा गरेको छ । चट्याङ लागि मृत्यु भएकाहरुलाई जनही एक ,एक लाख दिने र घाईते भएका सम्पुर्णको उपचार प्रदेश सरकारले गर्ने प्रदेश नंं.२ का भौतिक पुर्बधारमन्त्री जितेन्द्र सोनलले जानकारी दिनुभयो ।

त्यस्तै फेटा गाउँपालिकाले फेटा गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका प्रति परिवारलाई ५० हजार रुपैया दिने घोषणा गरेको फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिनुभयो ।

समाचार शेयर गर्नुहोस
Leave a review