बारा १ मा खानेपानी मन्त्री चौधरी सहित १३ जनाको उम्मेदवारी, टिकट गठबन्धनमा पनि बागी उम्मेदवारहरुको उम्मेदवारी दर्ता

साझेदारी दैनिक
595 पाठक संख्या

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा ९ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

नेपाली काँग्रेस र लोसपा गठबन्धनबाट संघिय साँसदमा नेपाली काँग्रेसको तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले आईतवार मनोनय दर्ता गराएका हुन । यसैगरी नेकपा एमाले र जसपाको गठबन्धनबाट संघिय साँसदमा एमालेका अच्युत मैनालीको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिएका छन ।

निर्वाचन क्षत्रे नम्बर १ प्रदेश सभा क मा काँग्रेस कै तर्फबाट रमेश दंगाल र नेपाली काँग्रेसको प्रदेश सभा ख को तर्फबाट काँग्रेस कै नागेन्द्र साह कानुको उम्मेदवारी दर्ता भएको छ ।

यता एमाले र जसपा गठबन्धनबाट प्रदेश क मा गठबन्धनको तर्फबाट एमाले कै त्रिलोकी चौधरी र ख बाट जसपाको तर्फबाट मधेस प्रदेशको सभामुख समेत रहेका सरोज यादवको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरि नेकपा एसको तर्फबाट ख प्रदेशसभामा बतहु राय यादवको उम्म्ोदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गठबन्धनलाई चुनौती दिदै नेपाली काँग्रेसबाट जयन्त कुसवाहा, जयमंगल चौधरी, नेकपा एमालेबाट एक बहादुर श्रेष्ठ,शिवनारायण चौधरी र रमन घिमिरेको प्रदेशसभामा बागी उम्म्ोदवारी दर्ता भएको छ ।

त्यसैगरि नेपाली काँग्रेस बिपीबाट प्रतिनिधिसभाभर्फ धर्मेन्द्र यादव, नेपाल राष्ट्रवादी पार्टीबाट राकेश न्यौपाने, राप्रपा नेपालबाट शिव तिमिल्सीना, नेपाल लोकतान्त्रिक पार्टीबाट मोजहर अंसारी, राष्ट्रिय उन्मुतिm पार्टीबाट भुवन चौधरी, स्वतन्त्रबाट पत्रकार अनिल गुप्ता, कृष्णराज गिरी, धर्मेन्द्र कुमार साह उम्मेदवारी दर्ता गराएको छ ।

त्यसैगरि प्रदेश क मा हाम्रो नेपाल पार्टीबाट भेष बहादुर ढकाल, नेपाल सुशासन पार्टीबाट दामोदर पनुहर, राष्ट्रिय उन्मुतिm पार्टीबाट राधा चौधरीको उम्म्ोदवारी दर्ता भएको छ भने स्वतन्त्रबाट शिवनारायण थारु, जयमंगल चौधरी र देवराज घिमिरेको पनि प्रदेश क मा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरि प्रदेश सभा ख राप्रपाबाट जोखु साह, स्वतन्त्रबाट राकेश कुमार कुसवाहा, अशोक यादव, अरुण कुसवाहा, कमरुल्लाह अंसारी,जयन्त कुसवाहाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत केसीले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds