दारा काटेपछि पनि जंगली हात्तिको आतंक रोकिएन

साझेदारी दैनिक
614 पाठक संख्या

एल खरेल/
बारामा जंगली हात्तिको आतंक अझै रोकिएको छैन । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा फेरी जंगली हात्तिले आतंक मच्चाएको छ ।

विहिबार राती उक्त वडा अन्तरगतका गाउँ पसेको हात्तीले पिलुवा, पैनीटोल र डकाहमा आतंक मच्चाएको हो । हात्तीले स्थानीयहरुको घर भत्काउनुका साथै लाखौंको अन्नबाली नष्ट गरेको छ ।
मध्यरातमा गाउँ पसेको सो हात्तिले पैनिटोलका शत्रुघन साहको फुसको घर भत्काएको छ ।

यस्तै पिलुवाका माधव मैनालीको घरको पालि भत्काएर भकारीको धान खाएको मैनालीले बताए । हात्तिले डकाहा पैनीटोलकी ज्योली मगरको घर भत्काएको छ भने सन्चमाया तामाङ्गको धानबालीमा क्षेती पुर्याएको छ ।

कोशी टप्पुबाट आएको यमगज नामक हात्तीले एक महिलालाई मार्नुका साथै पर्सा राष्ट्रिय निकुञ्ज आसपासका वस्तीहरुमा आतंक मच्चाए पछि निकुञ्जले दारा काटेर छाडेको थियो । सोही हात्तीले पुनः गाउँमा आतंक मच्चाएको हो ।

जंगली हात्तीले केहि दिन देखि नियमित जसो सर्वसाधारणको घर भत्काउने, घरभित्र रहेका अन्न खाने, नष्ट गर्ने, खेलबाली नष्ट गर्ने गरेर दुःख दिइरहेको १६ नं. वडा समितिका सदस्य हेम बहादुर बुर्जा मगरले बताए । स्थानीयले घरायसी तरिका अपनाएर जंगल पठाएको हात्तीबाट अहिलेको पटक भने मानविय क्षेती भएको छैन ।

Leave a review