हराएको ३५ दिनपछि किशोरको शब सेप्टी ट्याङ्कीमा

साझेदारी दैनिक
625 पाठक संख्या

राम मण्डल/
पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ र्सिसिया टोल निवासी श्रीमान पासवानको १४ वर्षीय छोरा निरज कुमार पासवानको शव भेटिएको छ ।

आईतबार राति पासवानको शब सोही वडामा रहेको सेप्टी ट्याङ्कीबाट हत्या गरिएको अवस्थामा भेटिएको हो ।खगएको मंसिर ५ गतेबाट हराईरहेको किशोर पासवानको खोजी गर्दा पनि हालसम्म कुनै अतोपतो लाग्न सकेको थिएन ।

त्यसको भोलि पल्ट नै उनका आमाबुवाले खोजीका लागि प्रहरीमा निबेदन दिएका थिए । गुरूकुल पन्ना ईङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टी ट्याङ्कीमा आईतबार साँझ निरजको शव भेटिएको पर्साका प्रहरी प्रबक्ता दिपक गिरीले जानकारी दिए ।

बालको घाँटी र खुट्टा बाँधेर डल्लो बनाएर शव सेप्टी ट्यांकीको रिङभित्र छिराईएको अवस्थामा निरजको शब भेटिएको थियो । लामो समयसम्म निरजको अतोपतो नलागेको अवस्थामा गत पुस १ गते उनका बुवा श्रीमान पासवानको मोबाईलमा ५० लाख फिरौतीको लागि फोन आएको थियो ।

सोहीक्रममा फिरौती लिएर भाग्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेर सोधपुछ गर्दा उनीहरुको बयानको आधारमा निरजको शब सेप्टी टयाँकीबाट प्रहरीले फेला पारेको हो । अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेको तथा फिरौति नदिएकोले हत्या गरेको पनि हुन सक्ने भएकाले घटनाबारे थप अनुसन्धान भईरहेको गिरीले बताए ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । घटनामा निरज पढ्ने विद्यालय वीरगंज महानगरपालिका–१७ अलौंमा रहेको गुरुकूल पारा मेमोरियल स्कुलका शिक्षकहरुको संलग्नता रहेको निरजका परिवारजनले आरोप लगाएका छन ।

Leave a review

This will close in 0 seconds