मंगल पाण्डेय/
कलैया स्थित नेरानिमावि सितलपुरका प्रधानाध्यापक राजकिशोर सहनी नेपाल शिक्षक संघको जिल्ला अध्यक्षमा निर्वाचित भएपछि भएपछि सोमवार उनलाई विद्यालयले सम्मान गरेको छ ।
एक कार्यक्रमको आयोजन गरेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ प्रसाद यादवले समितिको तर्फबाट र शिक्षको तर्फबाट शिखा कर्णले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो।
सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सहनीले सामुदायिक विद्यालयहरुमा रहेको समस्या समाधान गर्न आफ्नो अह्म भुमिका रहने बताएका छन ।
बालबालिकाको आधुनिक किसिमको शिक्षाका लागि बिधयालयको भौतिक पुर्वाधारका लागि समेत आफू पहल गर्न उनको भनाई थियो । उनले बिद्यालयमा लमो समय सम्म देखिएको बालबिकाश शिक्षाको समस्या,विद्यालय कर्मचारीको समस्यको पहल गर्ने जनाएका छन ।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सोनालाल साह,सकिला खातुन । शिक्षक राकेश पाण्डे, पुनम यादव, उमाशकर गुप्ता ,मनिष यादव ,हरिकिशोर मिश्रा ,अफताब आलम,सुगान्धी देबि,जिनत जहाँ ,रामबिनय साह लगायतको उपस्थिति थियो। कार्यक्रमको सन्चालन शिक्षक उमाशन्कर गुप्ताले गर्नु भएको थियो।


