नेपाल ट्रेड युनियन काँग्रेस बाराको अध्यक्ष पदमा पुन: शर्मा

साझेदारी दैनिक
साझेदारी दैनिक 252 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

अनिल कुमार साह /

नेपाल ट्रेड युनियन कांग्रेस बाराकाे ७ औ जिल्ला अधिवेशन परवानीपुर गाउँपालिकाको बि. एस. पार्टी पैलेसमा सम्पन्न भएको छ।

सो अधिवेशनबाट २२ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। सो अधिवेशनबाट आज सर्व सहमतबाट सो समितिको निर्माण गरिएको हो।

सो अधिवेशनबाट पुनः दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा सर्वसहमातिबाट बिश्वमाणि शर्मालाई चयन गरिएको छ।

सो अधिवेशन नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूव मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो।

सो अवसरमा विशिष्ट अतिथिहरुमा नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादव , संविधान सभा सदस्य डा. शोभाकर पराजुली, अतिथिहरूमा उपसभापति मनोज भट्ट, सचिव भैयाराम यादव, नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्याम बाबु प्रासाद यादव, नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्ष राकेश पाण्डे, नेपाल पत्रकार महासंघ बाराका पूर्व सचिव जयनारायण यादव लगायतको उपस्थिति रहेको थियो।

सो अधिवेशनबाट अध्यक्ष सहित अन्य २२ जनाको समिति निर्माण गरिएको छ। जसमा उपाध्यक्ष (खुल्ला) बैजनाथ राउत, उपाध्यक्ष (महिला) अनिला चौधरी, उपाध्यक्ष (सेवा छेत्र) दिनेश प्रसाद साह , उपाध्यक्ष (उत्पादन छेत्र) रामाधार प्रसाद यादव, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार छेत्र) बसन्त कुमार घिमिरे, सचिव ध्रुव राय भर, सहसचिव भुनेश्वर प्रसाद यादव, सहसचिव उमेश ठाकुर हजाम, कोषाध्यक्ष चन्देश्वर प्रसाद यादव, सहकोषाध्यक्ष (महिला) रन्जु कुमारी यादव लगायत ११ जना सदस्यहरू रहेका छन्।

समाचार शेयर गर्नुहोस
Leave a review