कलैयाबाट काठमाडौँ जाँदै गएको बस दुर्घटना, ३१ जना घाइते

साझेदारी दैनिक
292 पाठक संख्या

बाराको कलैयाबाट काठमाडौँ तर्फ जाँदै गएको बस दुर्घटना हुँदा कम्तिमा पनि ३१ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको पर्सा बजारमा दुर्घटनो भएका हो । बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भई आइतवार राती दुर्घटना भएको थियो ।

खैरहनी नगरपालिका–८ पर्सा बजारमा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको । बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र १४ जना मध्यम घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य १६ जनाको अवस्था सामान्य रहेको छ ।

 

Leave a review

This will close in 0 seconds