करण कुमार मिश्र/
अविरल परेको बर्षाका कारण आएको बाढी पहिरोले पु¥याएको क्षति वारे रौतहट देवाही गोनाही नगरपालिका नगरप्रमुख प्रेमलाल साह कानुले बाढी प्रभावित क्षेत्रको स्थलगत निरिक्षण गरेका छन् ।
नगरप्रमुख कानुले नगरपालिकाको वडा नम्बर ६ कर्कच स्थित बाढीले कटान गरेको बाटोलाई स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन । उनले गएको बाढीका कारण क्षति भएको सडक,डुबानबाट क्षति भएको स्थानमा पुगेर वास्तविक बस्तुस्थितिको अवस्था बुझेर त्यहाँका स्थानीय नगरबासी संग प्रत्येक्ष भेटघाट समेत गरेका हुन् ।
गएको बाढिले कटान गरेको सडक र डुवानमा परेका स्थानलाई तत्काल सुचारु गराउन नगरप्रमुख कानुले कर्मचारीलाई निर्देशन दिएका छन । अब चाडै कटान गरेको बाटोहरुलाई सुचारु गराईन नगरप्रमुख कानुले बताएका छन् ।
यसअघि पनि नगरप्रमुख कानुले नगरपालिकाको वडा नम्बर २,४,५ का वडामा डुवान परेको ठाँउ र कटान गरेको बाटोलाई मर्मत गराएका थिए ।

