नेपाल शिक्षक महासंघले बारामा आईतवार स्थानीय तहका कार्यालयमा धर्ना तथा घेराउ कार्यक्रम गरेका छन ।
महासंघले केन्द्रीय कार्यक्रम अनुसार बाराका १६ वटै पालिकाहरुमा आईतवार एकैपटतीन घण्टा धर्ना दिएको हुन । शिक्षक महासंघ जीतपुरसिमरा नगर कमिटीले आईतवार उपमहानगरपालिकाको कार्यालयमा तीन घण्टा धर्ना दिएको छ ।
केन्द्रीय कार्यक्रम अन्तर्गत नगर कमिटीले उपमहानगरपालिकाको कार्यालयमा बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिएको हो । उपमहानगरपालिकाको कार्यालय अगाडी धर्ना दिएका शिक्षकले केन्द्रीय कार्यक्रमअनुसार नेपाल सरकारसंग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छायाप्रति नगरप्रमुख राजन पौडेललाई बुझाएका छन् । नगर कमिटी संयोजक शंकरकुमार आचार्यको नेतृत्वमा रहेको शिक्षक महासंघको टोलीले नगर प्रमुख पौडेललाई सहमतिको छायाप्रति बुझाएका हुन् ।
जीतपुरसिमरा,कोल्हबीसंगै बाराको सबै स्थानीय तहमा महासंघले धर्ना दिएको हो । केन्द्रीय कार्यक्रम अन्तर्गत शिक्षक महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईको कार्यालय र साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना दिनेछन् ।आफूहरुसंग भएको सहमति कार्यान्यवन गर्न सरकारले चासो नदेखाएको भन्दै शिक्षक महासंघले विरोधका कार्यक्रम गर्दै आएको छ ।


