रौतहट : ओम प्रकाश यादव/राजसंस्थाको सर्मथनमा रौतहटमा आज मंगलवार बृहत मोटरसाइकल तथा ट्याक्टर -र्यालीसहितको प्रदर्शन गरिने भएको छ ।
राष्ट्रिय शक्ति नेपाल जिल्ला कार्य समिति रौतहटको अगुवा तथा राजा समर्थित विभिन्न राजनीतिक दल एवं संघ संस्थाहरूको सहकार्यमा विहान ११ बजे गरुडादेखि सदरमुकाम गौरसम्म मोटरसाइकल र्याली प्रदर्शन गर्न लागिएको हो ।
फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले देशबासीको नाममा शुभकामना संदेश दिँदै राष्ट्र बचाउन राजा ल्याउन गरेको आह्वानलाई समर्थन गर्न रौतहटमा बृहत शक्ति प्रदर्शन गर्न लागिएको छ ।
गरुडा श्रीराम सुगर चिनी मिल मैदानमा जम्मा भएर मंगलवार बिहान ११ बजेदेखि गौरसम्म मोटरसाइकल र्याली गर्ने तय भएको जनाईएको छ । र्याली गरूडा चिनी मिलबाट प्रारम्भ भई गौरबजार परिक्रमा गरी बीपीचोकमा कोण सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ ।
राजसंस्था,सनातन सापेक्ष हिन्दु अधिराज्य घोषण,प्रदेश खारेजी,भ्रष्टाचारको अन्त्य लगायतका माग राखेर शक्ति प्रदर्शन गर्न लागिएको राष्ट्रिय शक्ति नेपालका रौतहट जिल्ला अध्यक्ष रामबाबु साह तेलीले जानकारी दिए ।


