बारामा बढ्यो सुरक्षा चुनौती,दुई दिनमा दुई वटा हत्या पचरौतामा अज्ञात समुहद्धारा गोली प्रहार गरी युवकको हत्या

संदिप प्रसाद यादव
2.5k पाठक संख्या

संदिप प्रसाद यादव

बारामा फेरी एक युवकको हत्या भएको छ । बाराको पचरौतामा मंगलवार दिउसो एक युवकको गोली हानी हत्या भएको छ ।

अपरिचित समुहको गोली प्रहारबाट बाराको पचरौता नगरपालिका वार्ड नं ६ पकडिया स्थित लक्ष्मीनिया पोखरीको डिल नजिकै ती युवकको मृत्यु भएको अवस्थामा शव फेला परेको छ ।

पचरौतामा घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतबाट दुईवटा मोटरसाइकलमा आएका युवाहरूको समूहले भारत दारपा थानाअन्तर्गत सुकलैयाका २२ वर्षीय अजितकुमार सिंहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मृतक अजित कुमार सिंहसँगै भारतको मोतिहारी जिल्ला,दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह लगाएत सोही ठाउँमा बस्ने वर्ष २४ को चञ्चल पाञ्डे,वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुईवटा नयाँ मोटरसाईकलमा नेपाल प्रवेश गरेका थिए ।

सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले मृतक अजित कुमार सिंहलाई पछाडिबाट गोली प्रहार गरी हत्या गरी सोही नयाँ  मोटरसाईकलमा भारततर्फ भागेका थिए  ।

घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरिएको छ ।

उक्त घट्नास्थलको सम्पुर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता एवम् डिएसपी दधिराम न्यौपानेले बताएका ।

घटनाबारे थप अनुसन्धान कार्य भई रहेको प्रवक्ता न्यौपानेले बताएका छन् ।

यसैगरी सोमवार पनि पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती बस्ने ३३ वर्षीय अमरेश कुमार सिंहको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सशस्त्र प्रहरीका पुर्व जवान समेत रहेका सिंहको भारतीय सिमा दशगजा क्षेत्र नजिकै शव फेला परेको थियो ।

दैनिक रुपमा हत्याका घटनाहरु हुन थालेपछि बाराको सुरक्षा चुनौती बढ्ेको छ । एकै पालिकामा दुई दिनमा दुई वटा हत्याका घटना भएपछि अहिले  समग्र जिल्लाकै सुरक्षा अवस्था खस्कीएको आम जिल्लावासीले महशुस गरेका छन ।

 

Leave a review

This will close in 0 seconds