बारामा करेन्ट लागेर एकको मृत्यु

साझेदारी दैनिक
454 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ करेन्ट लागेर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ सुराहीमा सोमबार सांझ एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षिय हिता राउत अहिर रहेको वडा अध्यक्ष दिपेन्द्र कुशवाहाले जानकारी दिएका छन ।

खेतामा सिचाई गरी सकेपछि बिधुतिय मोटर बन्द गरी तार बेरने क्रममा उनलाई करेन्ट लागेको हो ।

करेन्ट लागेर गम्भिर घाईते भएका यादवलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो । अस्पतालमा चिकीत्सकले यादवलाई मृत घोषणा गरेको थियो ।

बिधुतिय उपकरणको प्रयोगमा सावधानी नअपनाउदा प्रत्येक बर्ष बारामा आधा दर्जन भन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन ।

Leave a review