सड्क मृत्यु मार्ग बन्दै गएपछि ब्रहमकुमारीको जीवन रक्षाकोलागि अभियान

रञ्जन यादव
418 पाठक संख्या

नेपालको सड्क मृत्यु मार्ग बन्दै गएपछि ब्रहमकुमारी राजयोग सेवा केन्द्रले सड्क सुरक्षा जीवन रक्षाको लागि राष्ट्रिय अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत बाराको जीतपुरमा ब्रहमकुमारी राजयोग सेवा केन्द्रको यातायात प्रभाग नेपालले ट्राफिक सचेतनामुलक नारा लेखिएका ब्यानरहरु कार्यक्रम स्थलमा टाँसेको थियो ।

कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक ब्रहमकुमार गुणराज भाईजीले अभियानको महत्वको बिषयमा प्रकास पारेका थिए ।

उनले सड्क दुर्घटना हुनमा सड्क र यान्त्रिक उपकरण लगायतको भौतिक कारणको साथसाथै चालकको मानसिक अवस्थाको स्थिती पनि कारण रहेको बताएका थिए । चालकसँग गर्ने राम्रो ब्यवहारले दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिए ।

रिस,राग मादक पदार्थ तथा लागुऔषध सेवनले चालकको मानसिक अवस्था खलबलाउँने भएकाले यस्तो हुन नदिन सबै पक्षको साथ र सहयोग आवश्यक रहने बताए ।

त्यस्तै ब्रहमाकुमारी राजयोग सेवा केन्द्र विरगञ्जकी सञ्चालिका रबिना दिदिले मानिसको मन शान्त हुँदा यसले हरेक क्षेत्रमा सकरात्मक प्रतिफल दिने बताईन् । उनले नाम अनेक भएपनि भगवान सबैको एकै रहेकाले धार्मिक सद्भाव भड्किने क्रियाकलाब गर्न नहुने जोड दिईन् ।

मानवले आफनो मनमा रहेको कुबिचार र लोभलालच हटाएमा संसार सुन्दर र यहाँ रहेका सम्पुर्ण प्राणीहरुको महत्व र अस्तित्व सच्चा अर्थमा बुझने जानकारी दिईन् ।

कार्यक्रमको प्रमुख अथिति मधेस प्रदेशको प्रदेशसभा सदस्य देवनारायण चौधरीले तिब्र गतिका कारण र खाल्डाखुल्डी सडकको कारण मात्र दुर्घटना नभई मानसिक तनावको कारण पनि दुर्घटना हुने गरेको बताएका थिए । साथै उँहाले उक्त सचेतना मुलक कार्यक्रम निकै सर्हानिय रहेको बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,रेडियो आकाशबाणीका अध्यक्ष राजुराज गिरी,साझेदारी बन महासंघका मधेस प्रदेश अध्यक्ष गणेशजी प्रसाद साह,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्यहरु सिता उप्रेती,ट्राफिक प्रहरी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds