महिला अधिकारकर्मीको नाममा पूजाको ठगी धन्दा आवाजबाट बर्खास्त

साझेदारी दैनिक
340 पाठक संख्या

रौतहटकी महिला अधिकारकर्मी पूजा पाठक तिमिल्सिना भन्ने रेखा पाठकले ठगी धन्दा चलाएको खुलेको छ ।

मेची माहाकाली बुहारी संयुक्त आवाजले सार्वजनिक सूचना निकालेर पदबाट बरखास्त गरेपछि ठगीको घटना बाहिर आएको हो ।

उनले महिलाहरुलाई आजीवन सदस्य बनाउन उठाएको शुल्कको हिसाब किताब गोलमाल पारेकी छिन् ।

त्यसैगरी संस्थाको दुरुपयोग गरेर विधान विपरित विभिन्न व्यक्तिलाई चेक काटेर आर्थिक हिनामिना गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

संस्थाले पटक–पटक छलफल गरेको र रकम फिर्ता गर्ने सहमति जनाए पनि रकम नबुझाएपछि केन्द्रिय कार्य समितिको बैठकले पदबाट बरखास्त गरिएको भन्दै अध्यक्ष चन्द्रकला काप्mलेले सूचना निकालिएकी छिन् ।

सार्वजनिक सूचनामा निजसंग कुनै संस्थागत आर्थिक कारोबार नगर्नु,नगराउनु हुन सम्बन्धी सबैको जानकारीको लागि सूचना गरिएको उल्लेख छ ।

पीडितहरुले उनी विरुद्ध मुद्दा दायर गर्ने तयारी गरेका छन् । रकम हिनामिना गरेपछि संस्थाले छानविन थालेपछि पाठक अर्को संस्थामा आवद्ध भएर सक्रिय भएकी छिन् ।

नेपाल स्वयंसेवक संघको मधेश प्रदेश अध्यक्ष समेत बनेकी छिन् ।

Leave a review

This will close in 0 seconds